मुख्यमन्त्री कार्कीलाई गठबन्धनले समर्थन गर्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

मुख्यमन्त्री कार्कीलाई गठबन्धनले समर्थन गर्छ : प्रधानमन्त्री


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले समर्थन गर्ने बताएका छन् ।

शनिबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको भन्दै विश्वासको मत दिने बताएका हुन् । उनले कोशीको समस्या समाधान गरिएको र यसले गठबन्धनलाई बलियो बनाउने दावी गरे । 

शनिबार बिहान नै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा. शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै उनले गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने जिकिर गरे ।

त्यस्तै उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार लागिपरेको बताए । आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ४ : २० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार