पाकिस्तानमा बन्दुकधारीले गरे ६ जना मजदुरको हत्या « Khabarhub

पाकिस्तानमा बन्दुकधारीले गरे ६ जना मजदुरको हत्या


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको अशान्त दक्षिण पश्चिम प्रान्त बलुचिस्तानमा बन्दुकधारीहरूले ६ जना निर्माण मजदुरको हत्या गरेका छन् । बन्दुकधारीहरूले रातको समयमा मजदुरहरूको गोली हानी हत्या गरेको पाकिस्तानी प्रहरीले शनिबार बताएको छ ।

उक्त प्रान्तको राजधानी क्वेटाबाट करिब तीन सय ७७ माइल दक्षिण पश्चिममा पर्ने तुर्बात सहरमा बन्दुकधारीले आठ जना निर्माण मजदुरमाथि गोली चलाएको प्रहरी अधिकारी हिदायातुल्लाह दास्तीले जानकारी दिए ।

उनका अनुसार घाइते दुई जनालाई अस्पताल पुर्‍याइएको छ । अधिकारीका अनुसार मजदुरहरू सहरको निजी निवास निर्माण परियोजनामा संलग्न रहेका  थिए । आक्रमणको तत्काल कुनै समूहले पनि जिम्मा नलिएको पनि उनले बताए ।

करिब दुई दशकदेखि केन्द्र सरकारबाट बलुचिस्तान लिबरेसन आर्मी र अन्य पृथकतावादी समूहहरूले स्वतन्त्रताको माग गरेसँगै बलुचिस्तान निम्नस्तरीय विद्रोह स्थल भएको छ । बलुचहरूले प्राय पञ्जाबका मानिसहरूलाई पनि निशाना बनाउँछन् । यसअघि पञ्जाबी र सिन्धीहरू मजदुरहरू निशानमा पर्थे ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ५ : ५५ बजे

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ