प्यालेस्टिनीहरूले गाजा छाड्न थाले : इजरायली सेना | Khabarhub Khabarhub

प्यालेस्टिनीहरूले गाजा छाड्न थाले : इजरायली सेना


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

तेल अविव– इजरायल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजरायली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजरायली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताएका छन् । उनका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् । 

‘हामीले प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले सुनिरहेको देखेका छौँ, उनीहरूले चलाखीपूर्वक काम गरिरहेका छन्, खतरनाक क्षेत्रबाट बाहिर निस्किरहेका छन् र उनीहरूको परिवारका लागि यो सही हो भन्ने बुझेका छन्’, उनले भने। 

शुक्रबार इजरायली सेनाले गाजा सहरबाट बाहिर निस्कन सर्वसाधारणलाई आह्वान गरेको थियो । आईडीएफले युद्धमा सर्वसाधारण प्रभावित नहोऊन् भन्ने चाहना व्यक्त गरेको थियो । आईडीएफले हमास र उसका सैन्य पूर्वाधारहरूमा हमला गर्न गइरहेको बताएको थियो । 

‘हामीले हाम्रो मनसायलाई पहिले नै बतायौँ किनकी यसमा कुनै सैन्य तर्क थिएन तर युद्धबाट सर्वसाधारण प्रभावित हुनु नपरोस् भन्ने हामी चाहन्छौँ’, उनले भने, ‘हामीले युद्धमा सर्वसाधारणलाई त्यहाँ समावेश गरेका छैनौँ र तिनीहरू हाम्रा शत्रु होइनन्, हामी कुनै पनि सर्वसाधारणलाई मार्ने वा घाइते बनाउने प्रयास गरिरहेका छैनौँ, हामी हमास र उसका सैन्य पूर्वाधारहरूसँग लडिरहेका छौँ, जहाँ हामीले गाजा पट्टी र गाजा पट्टीका उत्तरी भागलाई लक्षित गरेका थियौँ ।’

लेफ्टिनेन्ट कर्णेल कनरिकसले उत्तरी गाजाबाट प्यालेस्टिनीहरूलाई बाहिर जानबाट रोक्न हमासले प्रयास गरिरहेको बताए। ‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन्देश र चेकपोइन्टका माध्यमबाट हमासले प्यालेस्टिनी नागरिकहरूलाई उक्त क्षेत्र खाली गर्नबाट रोक्ने प्रयास गरिरहेको छ, मलाई लाग्छ यो शंकास्पद छ ।’

उनले आफ्नै सुरक्षाका लागि प्यालेस्टिनीहरूले चाँडोभन्दा चाँडो उक्त क्षेत्र खाली गर्ने आशा व्यक्त गरे । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : ०२ बजे

नक्कली चाबी बनाउने भन्छन् – ‘चोरको उपचार त हामीसँग पनि छैन’

काठमाडौं–  ताला व्यापारीको घरमा चोरी होला कि नहोला ? यो

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

कांग्रेसले भन्यो : राष्ट्रपति र प्रधानमन्त्रीको विदेश यात्राबारे सरकारको जवाफ चाहियो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी

ताप्लेजुङमा बाढीको क्षतिबारे संसद्‍बाट योगेशले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं- नेकपा एमालेका सांसद योगेश भट्टराईले अविरल वर्षाका कारण पहिरोले

छापा माध्यमका समस्या र कूटनीतिमा मिडियाको भूमिकाबारे छलफल

काठमाडौं- छापा माध्यमहरूको राष्ट्रिय सञ्जाल र नेपाल-चाइना मिडिया फोरमले बिहीबार