बाँझो जग्गाको उपयोग गरी कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ : कृषिमन्त्री डा. भुसाल | Khabarhub Khabarhub

बाँझो जग्गाको उपयोग गरी कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ : कृषिमन्त्री डा. भुसाल


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले सिँचाइसम्बन्धी पूर्वाधार, मलको व्यवस्थापनमा ध्यान दिन नसक्दा मुलुक कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्न नसकेको बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले कृषिजन्य उत्पादन बढाउन बाँझो जग्गाको उपयोग गरी आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । साथै उनले कृषि क्षेत्रलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउन आवश्यकता रहेको औँल्याए ।

“अन्य क्षेत्रतिर ठूला–ठूला गौरवका आयोजना छन् तर कृषिको आधुनिकीकरणका लागि आवश्यक पूर्वाधार निर्माण र अत्यावश्यक कुराको विकासका लागि ध्यान दिन सकिएको छैन । अब त्यसैका लागि प्रयत्न गर्न जरुरी छ । वर्तमान सरकार कृषिमा दीर्घकालीन महत्वका योजना निर्माण गर्ने गरी अगाडि बढेको छ”, भुसालले भने ।

उनले सरकारले वितरण गर्ने कृषि अनुदानको रकम दुरुपयोग हुन नदिन आफू सचेत रहेको पनि बताए । वास्तविक किसानसमक्ष अनुदान पुग्न नसकेको विषयमा कुनै सत्यता नभएको तर प्रमाण भेटिए त्यसमा संलग्न कर्मचारी एवं बिचौलियालाई कारबाही गर्न आफू तयार रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ३९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित