बाँझो जग्गाको उपयोग गरी कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ : कृषिमन्त्री डा. भुसाल « Khabarhub

बाँझो जग्गाको उपयोग गरी कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ : कृषिमन्त्री डा. भुसाल


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले सिँचाइसम्बन्धी पूर्वाधार, मलको व्यवस्थापनमा ध्यान दिन नसक्दा मुलुक कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्न नसकेको बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले कृषिजन्य उत्पादन बढाउन बाँझो जग्गाको उपयोग गरी आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । साथै उनले कृषि क्षेत्रलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउन आवश्यकता रहेको औँल्याए ।

“अन्य क्षेत्रतिर ठूला–ठूला गौरवका आयोजना छन् तर कृषिको आधुनिकीकरणका लागि आवश्यक पूर्वाधार निर्माण र अत्यावश्यक कुराको विकासका लागि ध्यान दिन सकिएको छैन । अब त्यसैका लागि प्रयत्न गर्न जरुरी छ । वर्तमान सरकार कृषिमा दीर्घकालीन महत्वका योजना निर्माण गर्ने गरी अगाडि बढेको छ”, भुसालले भने ।

उनले सरकारले वितरण गर्ने कृषि अनुदानको रकम दुरुपयोग हुन नदिन आफू सचेत रहेको पनि बताए । वास्तविक किसानसमक्ष अनुदान पुग्न नसकेको विषयमा कुनै सत्यता नभएको तर प्रमाण भेटिए त्यसमा संलग्न कर्मचारी एवं बिचौलियालाई कारबाही गर्न आफू तयार रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ३९ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा