बीआरआईको ऋणबाट केन्याले बनाएको रेलमार्गको भविष्य अन्यौलमा « Khabarhub

बीआरआईको ऋणबाट केन्याले बनाएको रेलमार्गको भविष्य अन्यौलमा


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

चीनले अफ्रिकी मुलुक केन्यामा निर्माण गरेको रेलमार्गको सन् २०१७ मा उद्घाटन गरिएको थियो । तर त्यसको दुई वर्षपछि रेलमार्ग विस्तारको काम रोकियो । यससँगै पूर्वी अफ्रिकामा रहेका भूपरिवेष्ठित मुलुकहरुलाई रेलमार्गबाट जोड्ने परियोजना नै धराशायी हुन पुग्यो ।

यस परियोजनाबाट केन्याले अपेक्षित फाइदा लिन सकेन, बरु ४ अर्ब ७० करोड डलरको ऋणमा डुब्यो । यसमध्ये अधिकांश ऋण चिनियाँ बैंकबाट लिइएको हो ।

यस रेलमा यात्रा गर्दा मनोरम दृश्यहरु देख्न सकिन्छ । यस रेलमार्गमा जंगल र वन्यजन्तुको अवलोकन गर्दै यात्रा अघि बढ्छ । तर, रेलभित्रका सुविधालाई लिएर भने यात्रुहरु गुनासो गर्छन् । रेलमा राखिएका सिट आरामदायी नभएको र रेलको यात्रामा थकान महसुस हुने एक जना ३० वर्षीय यात्रुले बीबीसीलाई बताए ।

तर, रेल चढ्ने यात्रुबाट कमाएको पैसा चिनियाँ ऋण तिर्न भने पर्याप्त छैन । यो रेलमार्गले केन्याको मोम्बासा बन्दरगाहलाई युगाण्डा, रवाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोसम्म जोड्ने लक्ष्य लिइएको छ । यद्यपि यस रेलमार्ग अहिलेसम्म केन्याको राजधानी नैरोबीभन्दा १२० किलोमिटर टाढा रहेको नैभासासम्म मात्रै पुगेको छ ।

परियोजनाले निरन्तरता पाए यस रेलमार्ग अझ उत्पादनमूलक हुने केन्याका यातायातसचिव किपचुम्बा मुर्कोमेनले बीबीलीलाई बताए । तर, यसको वित्तीय पक्ष भने अझै चुनौतिपूर्ण रहेको उनी स्वीकार गर्छन् । उनले चीनमा आयोजना हुने आगामी बेल्ट एण्ड रोड सम्मेलनमा सरकारले यसबारे कुरा उठाउने जानकारी दिए ।

चीनले सन् २०१३ मा घोषणा गरेको यस बेल्ट एण्ड रोड बीआरआई परियोजनामा केन्याजस्तै धेरै अफ्रिकी मुलुकहरु सहभागी छन् । तर, पछिल्लो समय चीनले बीआरआईमार्फत् अफ्रिकी मुलुकहरुलाई दिने ऋणको मात्रा घटाउँदै गएपछि धेरै मुलुकहरु समस्यामा परेका छन् भने केही मुलुकहरुले आर्थिक संकटको सामना गर्न बाध्य भएका छन् ।

अमेरिकी थिंकट्यांक काउन्सिल अन फरेन रिलेसन्सका अनुसार बीआरआईमार्फत् हुने ठेक्कालगायतका सम्झौता अपारदर्शी हुने गरेको छ भने धेरै परियोजनाको ठेक्का चिनियाँ कम्पनीले मात्रै पाउने व्यवस्था रहने गरेको छ ।

पछिल्लो समय अफ्रिकी मुलुकहरुमा चिनियाँ लगानी ह्वात्तै घटेको पाइएको छ । अर्को अफ्रिकी मुलुक नाइजेरियाको केन्द्रीय बैंकका उपगभर्नर किङ्ग्स्ली मुघालुका अनुसार एक दशकअघि चीनले १० देखि २० अर्ब लगानी गरेकोमा पछिल्ला वर्षहरुमा यो घटेर २ अर्ब डलरमा झरेको छ ।

लगानी घट्दा केन्याको रेलमार्ग परियोजनामा पनि असर परेको छ । केन्यालीहरु विदेशी ऋण तिर्नका लागि सरकारले उठाउने खर्चका कारण करको दर बढेको भन्दै चिन्तित रहेको बताइन्छ । सरकारी तथ्यांकअनुसार चीन केन्याको तेस्रो सबैभन्दा ठूलो ऋणदाता हो । केन्याको कूल ऋणमध्ये झण्डै २० प्रतिशत चीनले नै प्रदान गरेको हो ।

केन्याका अर्थशास्त्री केन गिचिङ्गा मुलुकमा ऋणको भार बढेको बताउँछन् । उनका अनुसार केन्याले २ अर्ब डलर युरोबन्ड तिनुपर्ने भाका अर्को वर्ष सकिँदैछ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ४ : ४३ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने