‘सांस्कृतिक महत्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि हो’ : राष्ट्रपति पौडेल | Khabarhub Khabarhub

‘सांस्कृतिक महत्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि हो’ : राष्ट्रपति पौडेल


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

उनले शुभकामना जारी गरी नेपालीहरूको महान् चाड तिहार, २०८० को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुराको कामना गरेका हुन् ।

उनले भनेका छन्, “पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि हो, त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैमा प्रेरणाको विम्ब हो ।”

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको छ । यस्ता पर्वमध्ये दसैँ/तिहार हिन्दूहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकतामा बाँध्ने गरेको छ ।

बडा दसैँमा शक्तिकी स्रोत देवीको पूजा आराधना गरी मनाइन्छ भने तिहारमा काग, कुकुर, गाई, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा तथा आराधना गरी मनाइने चलन छ । मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धकास्वरूप गोवद्र्धन पर्वत, मानव र अन्य जनावरबीचको सुमधुर सम्बन्धलाई स्थापित गर्न गाई, कुकुर, कागलगायत जनावरको पूजा गरी अन्तिम दिन दिदीबहिनी र दाजुभाइबीचको अटुट सम्बन्धको प्रतीकका रूपमा भाइटीका लगाएर यो चाड समापन गरिन्छ ।

गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलनले मौलिक संस्कृति संरक्षण गर्ने अर्को महत्वपूर्ण कडिका रूपमा यो पर्वलाई हेरिन्छ । नेवार समुदायले म्हःपूजा गरी आत्माशुद्धि गर्ने चलन पनि यसै पर्वको महत्वपूर्ण पक्ष हो । ‘तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वासका साथ पुनः तिहार पर्व, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु’ उनले भनेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  १ : ३३ बजे

एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर

अराजकता हटाउन एमालेको जागरण अभियान

नेकपा (एमाले)ले यतिबेला सिङ्गो मुलुकलाई सामाजिक सद्भावका साथ राष्ट्रिय एकतामा

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

काभ्रेपलाञ्चोक– प्रहरीले काभ्रेको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको

अझ बलियो बन्दै बिजेपी

भारतमा हालै भएको निर्वाचनमा तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी)