सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न माग « Khabarhub

सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न माग


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न  माग गरिएको छ । ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले गाईबाच्छा संरक्षणका नाममा गाईबाच्छा जम्मा गर्ने र अस्तव्यस्त तवरले राख्ने कार्य नगर्नसमेत आग्रह गरेको छ ।

“गाईबाच्छा संरक्षणका नाममा गाईपालक किसानलाई सडकमा गाईबाच्छा छाड्न प्रेरित गर्ने संस्कारको विकास नहोस्, छाडिएका गाईबाच्छा कस्ले छाड्यो भन्ने विषयमा निगरानी राख्दै उनीहरुलाई जिम्मेवार बनाउने नीति बन्न जरुरी छ”, अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काञ्जी हाउस प्रवेश सँगसँगै उनीहरुको स्वास्थ्य परीक्षण गर्दै अलग क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्नेमा अभियानले जोड दिएको छ । पाँच वर्षदेखि सडकमा अलपत्र परेका गाईबाच्छाको संरक्षणका लागि ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ कार्यरत छ ।

पूर्णतया स्वयंसेवी अभियानका रुपमा सञ्चालन हुँदै आएको उक्त अभियानको स्थापनापछि सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धार तथा उनीहरुको लालनपालनको काम हुँदै आएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  १ : ५८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर