सामाजिक सद्भाव र एकतालाई बचाउन टिकटक बन्द गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

सामाजिक सद्भाव र एकतालाई बचाउन टिकटक बन्द गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र एकतालाई खलल पार्नबाट बचाउन उद्देश्यले टिकटकलाई बन्द गर्ने निर्णय गर्नुपरेको बताएका छन् ।

मंगलबार नेपाल संवतका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाइ नियन्त्रण गर्न टिकटकलाई बन्द गर्ने निर्णय लिनुपरेको बताएका हुन् ।

उनले देशभित्रका सबै राजनीतिक दलसँगको बहस र सहमति र अन्तर्राष्ट्रियस्तरमा भएको अभ्यासलाईपनि ध्यान दिइएको जिकिर गरे । सरकारको निर्णयमा पक्ष विपक्ष भएपनि सरकारको उद्देश्य अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको उनको भनाइ छ ।

उनले देश भूकम्प र अरु प्राकृतिक प्रकोपबाट जोखिमयुक्त रहेकाले आवासको समस्या समाधान गर्न विज्ञहरुबाट अध्ययन गराउने र आवास बीमाको सम्भावनाको अध्ययन गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ३ : २० बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु