सामाजिक सद्भाव र एकतालाई बचाउन टिकटक बन्द गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

सामाजिक सद्भाव र एकतालाई बचाउन टिकटक बन्द गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र एकतालाई खलल पार्नबाट बचाउन उद्देश्यले टिकटकलाई बन्द गर्ने निर्णय गर्नुपरेको बताएका छन् ।

मंगलबार नेपाल संवतका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाइ नियन्त्रण गर्न टिकटकलाई बन्द गर्ने निर्णय लिनुपरेको बताएका हुन् ।

उनले देशभित्रका सबै राजनीतिक दलसँगको बहस र सहमति र अन्तर्राष्ट्रियस्तरमा भएको अभ्यासलाईपनि ध्यान दिइएको जिकिर गरे । सरकारको निर्णयमा पक्ष विपक्ष भएपनि सरकारको उद्देश्य अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको उनको भनाइ छ ।

उनले देश भूकम्प र अरु प्राकृतिक प्रकोपबाट जोखिमयुक्त रहेकाले आवासको समस्या समाधान गर्न विज्ञहरुबाट अध्ययन गराउने र आवास बीमाको सम्भावनाको अध्ययन गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ३ : २० बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक