टोलटोलमै पुगेर फूल बिक्री गर्दै स्याङ्जाका किसान | Khabarhub Khabarhub

टोलटोलमै पुगेर फूल बिक्री गर्दै स्याङ्जाका किसान


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

गल्याङ- स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला टोल टोलमा पुगेर बिक्री गर्न थालिएको छ । उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल तथा माला बिक्री गर्न थालिएको हो ।

तिहारको समयमा धेरै बिक्री हुने सयपत्री फूूलको माग बढेपछि व्यावसायिक रुपमा फूलखेती गर्ने बढेका छन् । तर उत्पादन भएको फूल समयमै बिक्री नभएपछि उत्पादक टोल टोलमा सवारीसाधन लिएर फूूल बिक्रीमा निस्किएका हुन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ छर्तिमा मौलाकालिका कृषि तथा पशुुपालन फार्ममार्फत व्यावसायिक सयपत्रीको फूूलखेती गर्दै आएका चन्द्रबहादुर राना ‘चित्र’ ले बेमौसमी रुपमा उत्पादन भएका फूलहरु फार्मबाटै बिक्री गर्छन् । तर ठूलो परिमाणमा फूल उत्पादन गरेका उनको फार्मबाट खासै बिक्री नभएपछि टोलटालमै पुगेर फूल बिक्री गर्दै आएका छन् । रानाले गल्याङ बजारका विभिन्न टोलका घरघर, पसलपसलमा फूूल लगेर बिक्री गर्ने गरेको बताए ।

“बेमौसमी फूूलको माग धान्न मलाई मुस्किल हुन्थ्यो, यसपाली तिहार लक्षित धेरै नै फूल लगाएकाले र यहाँका धेरै किसानले फूल उत्पादन गरेकाले फार्मबाट सयपत्री कम बिक्री भयो,” उनले भने, “तयार भएका फूल बिग्रेला कि भनेर टोलटोलमा पुगेर फूल बिक्री गर्ने गरेको छु ।”

उनले गल्याङ बजारका आधादर्जन पसललाई फूल बिक्री गर्न दिएका छन् भने गल्याङ बजारको गराङ्दीचोकमा सयपत्री फूलको मात्रै पसल राखेका छन् ।

गल्याङ नगरपालिका २ रैबारमा रहेको जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्रका सञ्चालक प्रदिप पाण्डेले समयमै उत्पादित फूल बिक्री गर्नका लागि टोल टोलमा पुगेको बताए । “उपभोक्ताको सहजताका लागि पनि टोल टोलमा पुगेर फूल बिक्री गरेको हुँ,” उनले भने, “फार्ममा पनि प्रशस्त फूल रहेकाले थप बिक्रीका लागि टोलमा नै आउनुपरेको हो ।”

यस्तै गल्याङ नगरपालिका– ११ का किसान रुमलाल कँडेलले पनि आफ्नो सवारी साधनमा राखेर टोलटोलमा पुुगेर फूल बिक्री गर्दै आएका छन् । उनले माग भएका व्यक्ति तथा पसलमा पुगेर फूल बिक्री गरेको बताए ।

“फार्ममा जान उपभोक्तालाई असहज भयो,” उनले भने, “टोलटोलमा पुगेपछि माग गरेका र देखेका अरु ग्राहकलाई फूल बिक्री गर्न सहज भएको छ ।” उता वालिङमा पनि वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले उत्पादन गरेको सयपत्री फूल बिक्री गर्नका लागि सवारीसाधनमा फूल राखेर टोल टोलमा पुगिएको छ ।

सहकारीका अध्यक्ष दीपेन्द्र गैह्रेले आफ्नै ठाउँको उत्पादनलाई रोज्नका लागि उपभोक्तालाई आग्रह गरे । “यहाँ उत्पादन गरिएको फूल गुणस्तरीय छ,” उनले भने, “संस्थाको कार्यालयमा पनि फूल राखिएको छ ।’’

गल्याङ, वालिङ र मिर्मीका बजारका व्यापारीले यसपाली कृत्रिम फूलभन्दा सयपत्री फूल पसलमा राख्ने गरेका छन् । यद्यपि स्थानीय व्यवसायीले पर्याप्त फूल उत्पादन गरेपनि बाहिरबाट आउने प्लास्टिकका फूल पनि बजारमा देखिएको छ । फूल व्यवसायीले स्थानीय प्रशासनले प्लास्टिकका फूल बिक्री गर्न नरोक्दा आफूहरु समस्यामा परेको बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ३ : ०७ बजे

ओलीले विश्वासको मत लिँदा उपस्थित भएनन् यी सांसद

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सत्ता पक्ष

सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि

ओलीले विश्वासको मत लिँदा ११ सांसद अनुपस्थित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सक्त पक्ष

संसद्‍को दुईतिहाइ विश्वासपछि प्रसन्न ओली (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट विश्वासको मत पाएका छन् ।

भारतीय दूतावासले मनायो आषाढ पूर्णिमा, बौद्ध सूत्रबाट प्रार्थना

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमा मनाएको छ । आषाढ