सामाजिक एकता बलियो बनाउनुपर्छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

सामाजिक एकता बलियो बनाउनुपर्छ : अध्यक्ष नेपाल


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जाति तथा समुदायका भाषा, साहित्य तथा संस्कृतिको संरक्षणबाट समाजिक एकतालाई बलियो बनाउन सकिने बताएका छन् ।

नेपाल संवत् ११४४ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविध कला, मौलिक संस्कृति तथा चाडपर्वले सांस्कृतिक रूपमा एक आपसमा जोड्ने फरक भौगोलिक क्षेत्रका नेपालीलाई एकताबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् ।

तत्कालीन समाजमा शङ्खधर साख्वाले जनताको ऋणमोचन गरी सञ्चालन गरेको संवत्ले राष्ट्रको सांस्कृतिक पहिचान कायम गरेको बताउँदै सन्देशमा उनले यसलाई प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय उत्पादन वृद्धि गर्न रोजगारका अवसर सिर्जना गरी सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्ने सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ६ : २३ बजे

इटहरीका सामुदायिक विद्यालयमा मेन्यूसहितको दिवा खाजा

इटहरी – सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूमा ‘दिवा

सुन तस्करको नयाँ आविष्कार : अण्डरवेयरदेखि मलद्वारसम्म !

काठमाडौं- भनिन्छ, पुलिसभन्दा चोर सधैं एक कदम अगाडि हुन्छ ।

एलपिएल : घोडाघोडी सेमिफाइनलमा

कैलाली – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर २४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १०,

जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक