भारतीय बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ | Khabarhub Khabarhub

भारतीय बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- सलमान खान र कट्रिना कैफ स्टारर ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । लक्ष्मीपूजाको दिनमा आइतबारको यो कमाइ बलिउडको लागि सुखद् हो ।

बलिउड ट्रयाक एजेन्सी स्याकनिल्कका अनुसार आइतबार फिल्मले भारतभर ४४.५ करोड भारुको कमाइ गरेको छ । यो कलेक्सन दिवालीमा कुनै भारतीय फिल्मको उच्च कमाइ रहेको जनाइएको छ ।

यसअघि दिवालीमै रिलिज भएको शाहरुख खानको ‘जब तक है जान’ ले १२.६० करोड नेट भारु र अजय देवगणको ‘सन अफ सरदार’ ले ९.३० करोड भारुको ओपनिङ गरेका थिए । यी दुई फिल्मको संयुक्त कलेक्सन जोड्दा २२ करोड भारु हुन आउँछ । सन् २०१२ मा यी दुई फिल्म एकैदिन रिलिज भएका थिए ।

ऋतिक रोशनको दिवाली रिलिज ‘कृष ३’ ले १५ करोड भारु कमाउँदै उक्त समयमा सर्वाधिक ओपनिङ गर्ने फिल्मको रेकर्ड राखेको थियो । हिन्दी संस्करणमा मात्र ४२ करोड भारु कमाएको ‘टाइगर ३ ’ले तमिल र तेलुगू भाषा जोड्दा थप तीन करोड अतिरिक्त कमाएको छ ।

यसअघि इदमा रिलिज भएको सलमान खान स्टारर ‘भारतले’ ले ४२.३० करोड भारु कमाएको थियो । तर ‘टाइगर ३’ को कमाइ शाहरुख खानको ‘पठान’ (५७ करोड भारु) भन्दा कम हो । लामो दिवाली बिदा भएकाले ‘टाइगर ३’ का लागि लाभदायक हुने अपेक्षा गरिएको छ ।

यो फिल्मले सोमबारसम्म १२० करोडभन्दा बढी कमाइ गर्ने भारतीय व्यापार विश्लेषक बताउँछन् । जसअनुसार तीन दिने कमाइ १६५ करोड भारु हाराहारीमा हुन सक्छ । सलमान र कट्रिनासहित फिल्ममा इमरान हासमीको शीर्ष भूमिका छ । यो फिल्ममा शाहरुख र ऋतिक रोशनको पनि केमियो रोल छ ।

स्रोत- एएनआई

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ६ : २५ बजे

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

धाविका सुनमायाको नयाँ कीर्तिमानी

कर्णाली –हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया

एआईसीले नेपाल सरकारलाई पठायो पत्र

काठमाडौं – सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी