चीनमा वैदेशिक लगानी आउने क्रम घट्दो, भित्रिनेभन्दा बाहिरिने लगानी धेरै « Khabarhub

चीनमा वैदेशिक लगानी आउने क्रम घट्दो, भित्रिनेभन्दा बाहिरिने लगानी धेरै


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा विदेशबाट भित्रिने वैदेशिक लगानीभन्दा बाहिरिने वैदेशिक लगानी धेरै भएको छ । पछिल्लो समय अमेरिकासँग सेमिकन्डक्टर प्रविधिका विषयमा तनाव बढिरहेका बेला चीनमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीभन्दा चीनबाट बाहिरिने प्रत्यक्ष वैदेशिक लगानी धेरै भएको पाइएको हो ।

निक्के एसियाले जनाएअनुसार यस वर्षको जुलाईदेखि सेप्टेम्बर महिनासम्मको तथ्यांकअनुसार चीनको प्रत्यक्ष वैदेशिक लगानीको सन्तुलन ऋणात्मक ११ अर्ब ८० करोड डलर पुगेको छ । सन् १९९८ यता चीनमा प्रत्यक्ष वैदेशिक लगानीको सन्तुलन ऋणात्मक भएको यो पहिलो पटक हो ।

चीनले साङ्घाईजस्ता ठूला महानगरमा लागू गरेको शून्य कोभिड नीतिका कारण सन् २०२२ को अप्रिल–जुन त्रैमासमा प्रत्यक्ष वैदेशिक लगानीमा तीव्र गिरावट देखिएको थियो । त्यसयता यसमा सुधार आउन सकेको छैन ।

यसै वर्षको सेप्टेम्बर महिनामा चीनमा जापानी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले गरेको सर्वेक्षणमा झण्डै आधा लगानीकर्ताहरुले सन् २०२३ मा आफूहरुले चीनमा लगानी गर्दै नगर्ने वा सन् २०२२ को अनुपातमा कम लगानी गर्ने जवाफ दिएका थिए ।

त्यस्तै, चीनमा अमेरिकी चेम्बर अफ कमर्सले गरेको सर्वेक्षणमा ६६ प्रतिशतले चीन र अमेरिकाबीचको सम्बन्ध खराब बन्दै अवस्थामा चीनमा व्यवसाय गर्न चुनौति थपिएको बताएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ६ : ३८ बजे

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११