डाक्टरको सुझाव : दिमागमा कुरा खेल्ने समस्या कसरी हटाउने ? « Khabarhub

डाक्टरको सुझाव : दिमागमा कुरा खेल्ने समस्या कसरी हटाउने ?


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोच्न त सबै मानिसले केही न केही सोचिरहेकै हुन्छन्। केही गर्नका लागि, राम्रो भविष्यका लागि सोच्नु आवश्यक पनि छ। तर, कहिलेकाहीँ चाहिने भन्दा बढी अनि सकारात्मक भन्दा नकारात्मक सोच्नाले समस्या निम्त्याउन सक्छ। बढी सोच्ने अर्थात् ‘ओभरथिङकिङ’ सम्बन्धी समस्या के हो ? यसबाट बच्न के गर्न सकिन्छ ? यस विषयमा मनोरोग विशेषज्ञ डा. प्रतीक्षा चालिसेसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानी-

आजभोलि धेरै मानिसले ‘ओभरथिङकिङ’ भयो भन्छन्। ‘ओभरथिङकिङ’ भनेको के हो ?
बढी सोच्नु, दिमागमा धेरै कुराहरु खेलाइरहनुलाई ‘ओभरथिङकिङ’ भनिन्छ। धेरै सोच्नु आफैंमा नराम्रो त होइन। जीवनमा केही ठूलो निर्णय गर्दा सबैले सोच्ने गर्दछन्। जस्तै– आफ्नो ‘करिअर’का बारेमा सोच्ने, बिहे गर्दा जीवनसाथी कस्तो पर्ला भनेर सोच्ने सामान्य कुरा हो। तर, कहिलेकाहीँ धेरै सोच्नु समस्या हुन सक्छ। केही कुराहरु बारम्बार गरिरहने, चाहिने भन्दा नचाहिने कुराहरु धेरै सोच्नेजस्ता क्रियाकलापहरु गर्यो भने ‘ओभरथिङकिङ’ भएको मानिन्छ।

यस्तो के कारणले हुने गर्दछ ?
यो आफैंमा मानसिक रोग होइन। तर, कहिलेकाहीँ ‘ओभरथिङकिङ’ मानसिक रोगको लक्षण पनि हुन सक्छ। ‘ओभरथिङकिङ’ कै कारणले मानसिक रोग पनि निम्तिन सक्छ।

हरेक मानिसले केही न केही सोचिरहेकै हुन्छ। तर, आफूलाई ‘ओभरथिङकिङ’ नै भएको हो भनेर कसरी थाहा पाउने ?
एउटै कुरा बारम्बार सोचिरहने, केही गर्दा पनि दिमागबाट त्यो सोच हटाउनै नसक्ने, चिन्ता लागिरहने, विगत, वर्तमान र भविष्यका बारेमा धेरै सोचिरहने, जसले गर्दा उसको दैनिक क्रियाकलापमै असर परिरहेको हुन्छ। जस्तै- निद्रामा गडबडी, स्वास्थ्यमा समस्या आइरहेको हुन्छ। यसले समस्या समाधान पनि हुँदैन र मान्छेले सोच्न पनि छाड्दैन। एउटै सोचमा घण्टौं समय बिताउने समस्या आइरहेको हुन्छ भने ‘ओभरथिङकिङ’ भएको हो कि भनेर शंका गर्न सकिन्छ।

अचेलका बालबालिकाले पनि चाहिने भन्दा बढी सोच्छन्। यसलाई पनि ‘ओभरथिङकिङ’ मान्न सकिन्छ ? कि यो सामान्य नै हो ?
कुनै अवस्था छ, जसमा हामीलाई चिन्ता लागिरहेको छ, डर लागिरहेको छ। जस्तै- बालबालिकाकै हकमा कुरा गर्ने हो भने परीक्षा आइरहेको छ , तयारी कसरी गर्ने त्यसबारेमा सोच्नु नराम्रो होइन। यसले उसको प्रतिफल राम्रो हुन्छ। यो सामान्य कुरा हो। तर भोलिको चिन्ताले रातभरि निदाउन सकेन, साथीहरुसँग घुलमिल हुन सकेन र आफ्नो दैनिक क्रियाकलापमा असर पारिरहेको छ भने उसलाई ‘काउन्सिलिङ’ गर्नुपर्छ।

यो काउन्सिलिङबाटै कम हुन्छ या उपचार नै गर्नुपर्छ ?
‘ओभरथिङकिङ’ आफैंले घरैमा पनि म्यानेज गर्न सकिन्छ। त्यस्तो धेरै ठूलो रुप लिएको छैन भने सिधै ‘काउन्सिलिङ’ मै आउनुपर्छ भन्ने छैन। दिमागमा धेरै सोचाइ आइरहेको छ, तर त्यसले दैनिक क्रियाकलापमा असर गरिरहेको छैन भने आत्तिनुपर्दैन। के कुरा म बढी सोच्छु र के कुराले तनाव हुन्छभन्ने नोटिस गर्नुपर्छ र त्यसको समाधानतिर लाग्नुपर्छ।

यस्तो बेलामा नजिकका साथिहरुसँग आफ्ना कुराहरु शेयर गर्न सकिन्छ। यसो गर्दा उनीहरुबाट पनि केही सुझाव आउन सक्छ। दिमागमा यस्तो सोच आउँदा एकै ठाउँमा नबसेर हिँड्ने गर्नुपर्छ। जसले माइण्ड फ्रेस हुन्छ। शारीरिक व्यायाम पनि गर्न सकिन्छ। यति गर्दा पनि ठीक भएन ‘ओभरथिङकिङ’सँगै डिप्रेशन, एन्जाइटी या अन्य मानसिक रोगका लक्षणहरु पनि देखिरहेको हुन सक्छ। यस्तो बेलामा ढिलो नगरी काउन्सिलिङमा जाँदा राम्रो हुन्छ।

मादक पदार्थ वा लागु पदार्थ सेवनका कारणले पनि ‘ओभरथिङकिङ’ हुन्छ कि ?
लागु पदार्थ सेवनले पनि ‘ओभरथिङकिङ’को समस्या निम्त्याउन सक्छ। उनीहरुमा मानसिक स्वास्थ्यसम्बन्धी अरु समस्याले पनि धेरै असर पुर्याइरहेको हुन सक्छ।

यसबाट बच्न के गर्ने ?
कुनै पनि व्यक्तिमा सोच आउनु सामान्य हो। तर, त्यही सोच धेरै भएर त्यसले हाम्रो दैनिक जीवनमा असर गरिरहेको छ भने त्यसबाट बच्नका लागि हामीले समस्या पत्ता लगाउने, शारीरिक व्यायामहरु गर्ने, स्वस्थ खाना खाने, आफ्ना समस्या मन मिल्ने साथीहरुसँग शेयर गर्ने जस्ता क्रियाकलाप गर्यौं भने ‘ओभरथिङकिङ’ बाट केही हदसम्म बच्न सकिन्छ।

मनोरोग विशेषज्ञ डा. प्रतीक्षा चालिसेसँगको कुराकानीः

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ७ : २८ बजे

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा

फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यको असन्तुष्टि

काठमाडौं– काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा

इरानी हवाई आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी

मनामा– बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई

मुख्यसचिव कार्कीका २२ बुँदे निर्देशन : कर्मचारीलाई सदाचारी बनाउनेदेखि सार्वजनिक बिदा पुनरावलोकनसम्म

काठमाडौं- मुख्यसचिव गोविन्द कार्कीले संघीय सरकारका सचिवहरूलाई कर्मचारीको आचरण सुधार,

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम