नक्कली शरणार्थी प्रकरणमा खाँणको मुद्दामा आज निर्णायक सुनुवाइ हुँदै « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा खाँणको मुद्दामा आज निर्णायक सुनुवाइ हुँदै


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

आज उच्च अदालत पाटनमा हुने सुनुवाइमा एकल इजलासले मुद्दाको किनारा लगाउनेछ । आजको पेसीमा गोलाप्रथाबाट न्यायाधीश छानिनेछन् । तेस्रो न्यायाधीशको रायले खाँण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ ।

यसअघि मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा खाँणलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने विषयमा मत बाझिए पछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो ।

उक्त इजलासले ४ जनालाई साधारण तारेख, ६ जनालाई धरौटीमा छाड्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो । सो आदेशअनुसार कतिपय रिहा भइसकेका छन् । 

यसअघिको आदेशका क्रममा न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय राखेका थिए भने खरेलले थुनामै राख्नुपर्ने राय दिएका थिए ।

अदालतले लक्ष्मी महर्जन, टङ्क गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न आदेश गरेको थियो भने भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, हरिभक्त महर्जन र रामशरण केसीलाई धरौटी छाडेको थियो ।

तर एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई भने थुनामै राख्न आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ६ : ४६ बजे

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता

एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।