श्रम समस्या समाधानका लागि सामूहिक प्रयासमा जोड « Khabarhub

श्रम समस्या समाधानका लागि सामूहिक प्रयासमा जोड


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।

साउदी अरबको रियादमा आज भएको मन्त्रीस्तरीय र व्यावसायिक गोलमेच सम्मेलनमा मन्त्री भण्डारीले विश्व द्रुत रूपान्तरणबाट गुज्रिरहेको अवस्थामा विश्वव्यापी श्रम बजारमा देखिएका समस्या समाधानका लागि सामूहिक प्रयासमा जोड दिएका हुन् ।

नेपालमा सङ्गठित श्रमको अनिवार्यतालाई आफूहरूले बुझेको उल्लेख गर्दै मन्त्री भण्डारीले सीप विकासलाई प्राथमिकता दिएको बताए ।

श्रम र रोजगारदाताबाट सम्बन्ध निर्माण गर्न सरकारी निकायले विश्वासको वातावरण बनाउनु पर्नेमा जोड दिँदै उनले सामाजिक सुरक्षा कसरी प्रदान गर्ने भन्ने उत्तरदायित्व सरकारको हुने उल्लेख गरे ।

प्रभावकारी सामाजिक सुरक्षाका लागि नेपाल सरकारले काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले यसमा जोखिममा परेकालाई जोगाउन र सबैलाई समेट्न सुनिश्चित गरिने धारणा व्यक्त गरे ।

उनले कुशल र उत्पादक श्रम बजारका लागि यस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत पारस्परिक सूचना र शिक्षा आदानप्रदान गर्न तथा सामूहिकरुपमा काम गर्नका लागि सम्पर्क सञ्जाल स्थापना गर्न प्रस्तावसमेत गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ११ : ५० बजे

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

काठमाडौँ– छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ

तनहुँमा प्रहरीको सर्च एण्ड स्विप अपरेसन, ३३ जना नियन्त्रणमा

तनहुँ– जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईले जिल्लाका

अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

काठमाडौँ -अमेरिकाका लागि रुसी राजदूत अलेक्जान्डर डार्चिभको ६६ वर्षको उमेरमा

पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी र समुदायकेन्द्रित बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

अन्ताल्या– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपदबाट हुने मानवीय तथा भौतिक

संरक्षणको अभावमा कान्तिताल

बाँके– नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्तितालमा संरक्षण र