मौरीपालनमा आकर्षित गुल्मीका किसान | Khabarhub Khabarhub

मौरीपालनमा आकर्षित गुल्मीका किसान


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्न थालेको हो । 

गुल्मीदरबार गाउँपालिका–१ बलिथुमका मानबहादुर फुङ्जेली विगत १३ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् । त्यसबाहेक कागती र सुन्तलाखेती पनि गरिरहेका छन्। फङ्जेलीसँग यतिबेला ४० मौरीका घार छन् । उनले  कृषिज्ञान केन्द्र गुल्मीबाट हालै १० वटा मौरीका घार पनि अनुदानमा पाएका छन् । उनका अनुसार मह बिक्रीबाट मात्रै वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । 

मह दमका बिरामी र रुघाखोकीको समस्याबाट ग्रसित व्यक्तिका लागि निकै उपयोगी मानिन्छ । तोरी, चिउरीलगायतका फूल फुल्ने समयमा किसानले एक सिजनमा दुई पटकसम्म मह काढ्छन् । 

अर्ग्यानिक मह उत्पादन गर्न सकेमा बजारीकरणको कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताएका छन् । यहाँ मह प्रतिकेजी रु एक हजार पाँच सय र मौरीसहितको घार रु आठ हजारदेखि नौ हजारसम्म बिक्री हुँदै आएको छ । 

गुल्मीमा उत्पादन भएको मह स्थानीय बजारदेखि बाह्य बजारमा खपत हुँदै आएको छ । जिल्लामा व्यावसायिक रुपमा पाँच वटा घारभन्दा बढी मौरीपालन गर्ने किसानको सङ्ख्या दुई सयभन्दा बढी छ । तीमध्ये तीन हजार छ सय आधुनिक र दुई सय ३६ परम्परागत घारमा मह उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  २ : १९ बजे

चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो

सुदूरपश्चिममा उत्पादकत्व बढ्यो, क्षेत्रफल घट्यो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि

एमाले संसदीय दलको बैठक : संसद विघटनको विषयमा छलफल हुने

काठमाडौं – नेकपा एमालेले मंगलबार विघटित संसदीय दलको बैठक बोलाएको

पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी

कास्की– सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

काठमाडौं– श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा