गभर्नेन्स ल्याबको दुई दिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सम्पन्न « Khabarhub

गभर्नेन्स ल्याबको दुई दिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सम्पन्न


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गभर्नेन्स ल्याबले नेसनल गभर्नेन्स सिम्पोजियम २०२३ सफलतापूर्वक समापन गरेको छ। नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्त्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभूमिमा आयोजित यस गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो ।

बुधबार दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग,अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका प्रमुख सरकारी निकायहरूको सहभागिता रहेको थियो ।

‘समावेशी विकासका लागि नवीन आविष्कारहरू’ थिम राखिएको गोष्ठीमा प्रतिष्ठित व्यक्तित्वहरू र विज्ञहरूबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित वैचारिक सत्रहरू प्रस्तुत गरिएका  थिए । उनीहरूले नेपालमा समावेशी र सहकार्यमूलक शासनका लागि नयाँ सम्भावनाहरूमा हस्तक्षेप गरिनुपर्नेमा जोड दिएका थिए ।

उद्घाटन सत्रमा गभर्नेन्स ल्याबका अध्यक्ष डा. पुकार मल्लले आफ्नो मन्तव्य दिएर कार्यक्रमको सुरुवात गरेका थिए, भने त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका डा. मुक्तसिंह लामा–तामाङले प्रमुख  मन्तव्य राखेका थिए ।

साथै उद्घाटन सत्रमा नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर श्री भीमप्रसाद ढुंगाना, टेवा र नागरिक आवाजका संस्थापक एवम् महिला अधिकारवादी सुश्री रीता थापा लगायत वरिष्ठ व्यक्तित्वहरूले समावेशी विकास सम्बन्धी आफ्नो विशेष मन्तव्य राखेका थिए ।

गोष्ठीको पहिलो दिनको पहिलो  सत्रमा नीतिगत निर्णयका लागि युवा र सरकारको सहकार्य विषयमा छलफल भएको थियो भने दोस्रो सत्रमा ब्रेकिंग व्यारीयर्स : एडभानसिङ्ग बियोन्ड रेप्रेजेन्टेसन टू डिग्गनिटि  एन्ड सेल्फ– डिटरमिनेशन विषयमा  छलफल  भएको  थियो । त्यस्तै गोष्ठीको पहिलो  दिनको दोस्रो  भाग अन्तर्गत तेस्रो सेसनमा राष्ट्रिय महिला उद्यम विकास नीतिको लागि मुद्दा बनाउनुपर्ने विषयमा  छलफल भएको  थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  २ : २७ बजे

नेपालमा होहल्ला, झुठमुट, आरोप प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल