ओहोदाको प्रमाणपत्र प्रस्तुत « Khabarhub

ओहोदाको प्रमाणपत्र प्रस्तुत


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्  । 

राष्ट्रपति भवनमा आज बेग्ला–बेग्लै आयोजित विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्  । 

राष्ट्रपतिसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका आवासीय राजदूत सुधार्सना के पथीराना, गणतन्त्र पनामाका गैरआवासीय राजदूत यसेल एलानिस बुलियो रिभेरा र बेल्जियम अधिराज्यका गैरआवासीय राजदूत डिडेर आना एल भान्डेरसेल्टले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुतिका निम्ति आयोजित विशेष समारोहमा नेपालका सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । त्यसअघि नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित होटल र्याडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ५ : १३ बजे

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि