चौध किलो सुन प्रकरणमा पाँच जना पक्राउ | Khabarhub Khabarhub

चौध किलो सुन प्रकरणमा पाँच जना पक्राउ


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । 

अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिएका छन् । उनले भने , ‘फोहोरको भाँडोमा सुन लुकाएर बाहिर ल्याउन संलग्न भएको देखिएपछि सरसफाइ सुपरभाइजर पाण्डेलाई नियन्त्रणमा लिइएको हो, छानबिन पूरा गरेर सबै सार्वजनिक गर्छौँ ।’ 

सो प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उप-सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । सुनसहित पक्राउ परेका घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोही प्रकरणमा विमानस्थलका सरसफाइ सहयोगी दुई जना गरी हालसम्म पाँच जना पक्राउ परेको प्रमुख भन्सार प्रशासक डा. पाण्डेले बताएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ५ : ३९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास