बैतेश्वरमा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु « Khabarhub

बैतेश्वरमा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दोलखा– बैतेश्वर गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबार देखि सुरु भएको छ। बैतेश्वर गाउँपालिकाको आयोजना तथा हनुमन्तेश्वर माविको व्यवस्थापनमा यस चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिता वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षयता तथा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानिको प्रमुख आतिथ्ययतामा उद्घाटन गरिएको हो।

यस वर्ष चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत खेल खेल्न गाउँपालिका भित्रका ८ वटा सामुदायिक विद्यालय र एक निजी स्कुलले सहभागिता जनाएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देश समितिका सदस्य सचीव भरत केसीले जानकारी दिए। उद्घाटन चरणमा बिहीबार भलिबल तर्फका लिग चरण अन्तर्गतका सबै खेल सम्पन्न भएको छ ।

छात्र तर्फको लिगचरणको पहिलो खेलमा सनराइज स्कुल,जलदेवी मावि,विष्णु मावि,जलदेवी मावि र जनज्योति मावीले हित हात परेका छन् भने,छात्रा तर्फको लिगचरणको भलिबल खेलमा सनराइज स्कुल,हनुमन्तेश्वर मावी, जनज्योति मावि र क्षत्रवति माविले जित हात पारेका छन् ।

त्यस्तै आजै भएको छात्र तर्फको सटपुट खेलमा हुमतेश्वर मावि पहिलो,जनज्योति मावि दोस्रो र विष्णु मावि तेस्रो भएको छ ।त्यस्तै छात्रा तर्फको सटपुट खेल पनि सम्पन्न भएको छ ।

छात्रा तर्फको सटपुट खेलमा सनराइ स्कुल पहिलो,जनज्योति मावि दोस्रो र हनुमन्तेश्वर मावि तेस्रो भएको छ। त्यसैगरी ज्याभेलिन थ्रो खेल जारी रहेको छ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ५ : ५३ बजे

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना

फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

ताप्लेजुङ– फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची

ड्रोनबाट यस्ताे देखियाे सुदूरपश्चिम र लुम्बिनीबीचकाे खेल (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरमा एनपीएलको उमंग : मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स