नेपाल टेलिकमद्वारा कक्षा ८ माथिका विद्यार्थीलाई नयाँ सिम | Khabarhub Khabarhub

नेपाल टेलिकमद्वारा कक्षा ८ माथिका विद्यार्थीलाई नयाँ सिम


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा पहिलो कल सक्रियता उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा (नि: शुल्क स्रोत) थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ ।

नयाँ सिममा थप सुविधा
९० रुपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिम कार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिम कार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ ।  यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ । पहिले जस्तै यसमा १० रुपैयाँ ब्यालेन्स समेत उपलब्ध हुनेछ ।

कक्षा ८ देखि माथिका विद्यार्थीलाई सिम
कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रुपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ ।

नयाँ सिम कार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि १० रुपैयाँ ब्यालेन्स हुनेछ ।

डाटा बोनस
विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब १०० रुपैयाँको रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ ।

यस अनुसार एमपोसमार्फत १०० रुपैयाँ देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० रुपैयाँ देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० रुपैयाँ वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रूपमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ७ : २२ बजे

दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

काठमाडौं– दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२

चीनको शेन्झाउ–२१ अन्तरिक्ष स्टेशनसँग सफल डक 

एजेन्सी – चीनले शनिबार उसको शेन्झाउ–२१ यानले सफल प्रक्षेपणपछि आफ्नै

ओलीले घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्‍यो : झलनाथ खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उचित वातावरण

फुट्यो एकीकृत समाजवादी, झलनाथ-घनश्यामको छुट्टै भेला (तस्बिरहरू)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड

ग्योङ्जु – एसिया–प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताहरूले शनिबार आफ्नो