सीताराम विवाह पञ्चमीको तेस्रो दिन ‘धनुष यज्ञ’ सम्पन्न « Khabarhub

सीताराम विवाह पञ्चमीको तेस्रो दिन ‘धनुष यज्ञ’ सम्पन्न


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’ सम्पन्न भएको छ ।

आज दिउँसो ४ बजेदेखि जानकी मन्दिर परिसरमा सुरु भएको धनुष यज्ञ प्रतियोगितामा अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रको स्वरुपमा सजिएका कलाकारले धनुष उचालेर टुक्रा पारेसँगै यज्ञ सम्पन्न भएको जानकी मन्दिरका सहमहन्थ रामनरेश दासले बताए ।

त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार यज्ञ सम्पन्न भई सीतारामबीच माला साटासाट भएको पनि उहाँले जानकारी दिए ।

सप्ताहव्यापीरूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन मङ्गलबार साँझ जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’, दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला बिहीबार धुनुष यज्ञ सम्पन्न भएको हो ।

चौथो दिन शुक्रबार तिलकोत्सव, पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम र छैटौँ दिन अर्थात् पुस १ गते रङ्गभूमि मैदान बाह्रघिमा सीतारामको विवाह कार्यक्रम सुसम्पन्न भएपछि पुस २ मा रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्ने कार्यक्रम छ । अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई हरेक वर्ष विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १० : ०४ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।