सीताराम विवाह पञ्चमीको तेस्रो दिन ‘धनुष यज्ञ’ सम्पन्न | Khabarhub Khabarhub

सीताराम विवाह पञ्चमीको तेस्रो दिन ‘धनुष यज्ञ’ सम्पन्न


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’ सम्पन्न भएको छ ।

आज दिउँसो ४ बजेदेखि जानकी मन्दिर परिसरमा सुरु भएको धनुष यज्ञ प्रतियोगितामा अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रको स्वरुपमा सजिएका कलाकारले धनुष उचालेर टुक्रा पारेसँगै यज्ञ सम्पन्न भएको जानकी मन्दिरका सहमहन्थ रामनरेश दासले बताए ।

त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार यज्ञ सम्पन्न भई सीतारामबीच माला साटासाट भएको पनि उहाँले जानकारी दिए ।

सप्ताहव्यापीरूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन मङ्गलबार साँझ जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’, दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला बिहीबार धुनुष यज्ञ सम्पन्न भएको हो ।

चौथो दिन शुक्रबार तिलकोत्सव, पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम र छैटौँ दिन अर्थात् पुस १ गते रङ्गभूमि मैदान बाह्रघिमा सीतारामको विवाह कार्यक्रम सुसम्पन्न भएपछि पुस २ मा रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्ने कार्यक्रम छ । अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई हरेक वर्ष विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १० : ०४ बजे

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला– सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै

चालु आर्थिक वर्षको चौमासिक अवधि  ः २५ स्थानीय तह अझै बजेटविहीन

काठमाडौं– चालु आर्थिक २०८२–०८३ को चार महिना पूरा भए पनि

भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज

भोजपुर– ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि