इजरायली सेनाको आक्रमणबाट एक सय ११ प्यालेस्टिनीको मृत्यु « Khabarhub

इजरायली सेनाको आक्रमणबाट एक सय ११ प्यालेस्टिनीको मृत्यु


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै आक्रमणमा दर्जनौं घाइते भएको पनि गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुर्याइएको छ ।

गाजा शहरको केन्द्रमा रहेको अल-दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।

गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले उत्तरी गाजा पट्टीको बेइट लाहियाको कमल ओडवान अस्पतालमा आक्रमण गर्दै अस्पतालका निर्देशक र अन्य ७० जना मेडिकल स्टाफलाई गिरफ्तार गरेको मन्त्रालयले जनाएको छ।

इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहहरू बीच लडाइँ जारी छ । अक्टोबर ७ मा हमास(इजरायल द्वन्द्व शुरु भएपछि गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या १८ हजार ६०० पुगेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १० : ०९ बजे

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली