नेपाल एयरलाइन्सले  इलाम-काठमाडौँ उडान भर्दै | Khabarhub Khabarhub

नेपाल एयरलाइन्सले  इलाम-काठमाडौँ उडान भर्दै


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– नेपाल एयरलाइन्सले आजदेखि इलाम-काठमाडौँ उडान सुरु गर्ने भएको छ  । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत  भएको छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन हुने भएको हो । इलाम नगरपालिका-९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गत वर्ष इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर केही उडान गरेको थियो । तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको छ ।

विमानबाट इलाम–काठमाडौँ करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ । आज करिब ८ बजे काठमाडौँबाट उडान गर्ने तालिका रहेको छ । इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले बताए। उनले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको जानकारी दिए ।

इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ । इलामबाट काठमाडौँको एकतर्फी भाडा रु छ हजार तीन सय तोकिएको छ । काठमाडौँबाट इलामका लागि भने एकतर्फी भाडा छ हजार पाँच सय तोकिएको छ  । तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।

यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तलाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । यस विमानस्थल छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : ३१ बजे

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेराष्ट्रवियुले नै जिम्मेवार निकायले

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर