गरिब तथा जेहेन्दारलाई गाउँपालिकाद्वारा छात्रवृत्ति प्रदान  « Khabarhub

 गरिब तथा जेहेन्दारलाई गाउँपालिकाद्वारा छात्रवृत्ति प्रदान 


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले गरिब तथा जेहेन्दारलाई छ लाख ५० हजार छात्रवृत्ति रकम वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यसहित गाउँपालिकाले २२ जनालाई छात्रवृत्तिस्वरूप छ लाख ५० हजार वितरण गरेको हो । 

गाउँपालिका छात्रवृत्ति वितरण कार्यविधि, २०७९ अनुसार गत मङ्सिर २९ गते प्रकाशित सूचनाबमोजिम निवेदन पेस गरेका विद्यार्थीलाई छात्रवृत्ति वितरण समितिको सिफारिस तथा गाउँ कार्यपालिकाको निर्णयबमोजिम छात्रवृत्ति रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । 

‘विभिन्न तहमा अध्ययनरत विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित छात्रवृत्ति रकम वितरण गरेका हौँ, यसले गर्दा उनीहरूको पढाइलाई टेवा पुग्ने विश्वास लिएका छौँ’, चुमानले भने । 

छात्रवृत्ति प्राप्त गर्नेमा उच्च माध्यमिक तहदेखि विद्यावारिधि तहसम्म अध्ययनरत विद्यार्थी छन् । छात्रवृत्ति पाउनेमा आँबुखैरेनी गाउँपालिका-३ का अमर ठकुरीले युनिभर्सिटी अफ साउथ डाकोटाबाट विद्यावारिधि गर्दै छन् । गाउँपालिकालाई उनीहरूलाई एक लाख छात्रवृत्ति रकम वितरण गरेको छ । 

आँबुखैरेनीस्थित मित्रता माविमा कृषिमा स्नातक अध्ययनरत सरन विकलाई ५० हजार, गण्डकी आवासीय माध्यमिक विद्यालयमा उच्च शिक्षा अध्ययनरत वृक्षा बयलकोटीलाई ३० हजार, गोल्डेन गेट इञ्जीनियरिङ कलेजमा अध्ययनरत सुलभ श्रेष्ठलाई ५० हजार, अरोमा माध्यमिक विद्यालयमा अध्ययनरत आस्था थापालाई ३० हजार, राम शाह माविमा अध्ययनरत विमल गुरुङलाई १५ हजार, बिबिए अध्ययनरत श्रेया गौलीलाई ५० हजार, राम शाह माविमा अध्ययनरत रचना प्रगतिलाई रु ३० हजार, राम शाह माविमा अध्ययनरत अनिष रसाइलीलाई ३० हजार छात्रवृत्ति रकम वितरण गरिएको छ । 

राम शाह माविमा अध्ययनरत सिर्जना थापालाई रु १५ हजार, सङ्गम मगरलाई १५ हजार, मिरिन आलेमगरलाई १५ हजार, मित्रता माविमा अध्ययनरत सुनिता नेपालीलाई १५ हजार, राम शाह माविमा अध्ययनरत विमला गुरुङलाई १५ हजार, शुक्रराज गुरुङलाई १५ हजार, आँबुखैरेनी क्याम्पसमा अध्ययनरत खिलमाया खवासलाई रु २० हजार, पूर्णिमा खवासलाई रु २० हजार, जनप्रिय माविमा अध्ययनरत दिक्षा दुवाडीलाई रु १५ हजार, मित्रता माविमा अध्ययनरत रक्षा खनाललाई ५० हजार, सलिना विकलाई ५० हजार र पूजा नेपालीलाई १५ हजार वितरण गरिएको छ । 

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : २६ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी