‘माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व’ « Khabarhub

‘माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व’


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व भएको बताएका छन् ।

थारू जातिको माघी र मगर जातिको माघे सकरातीका रूपमा मनाइने पर्वको अवसरमा आज एक शुभकामना सन्देशमार्फत देश तथा विदेशमा बसेका आमाबुवा, दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्णमा नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख परियारले माघी सबै भेग, क्षेत्रको सांस्कृतिक र भाइराचार सम्बन्ध कायम गर्ने विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गरेका छन् ।

एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘माघी, माघे वा मकर सङ्क्रान्ति दिएर विभिन्न नामले मुलुकभित्र रहेका सबै जाति, भाषा, धर्म र समुदायका मानिसले मनाउने पर्वले हामी सबैलाई एकै मालामा गाँसेको छ । यसले संविधानको स्वीकार्यतालाई बढाउँदै त्यसको कार्यान्वयन जोड दिन हिमाल, पहाड र तराईमा बस्ने सबै समुदायलाई एकाकार हुन सहयोग पुर्‍याएको छ ।’

बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक सुन्दर देश नेपालमा अनेकतामा एकता र विविधतामा विशिष्टता रहेको जनाउँदै यो पर्वले राष्ट्रिय एकता, स्वाभिमान र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँदै मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिल्ने विश्वास लिएको प्रदेश प्रमुख परियारले बताए।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ४३ बजे

कांग्रेसको नीति, अनसुन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

काभ्रेपलाञ्चोक– महाभारत गाउँपालिका– ६ का ७१ परिवारलाई ६ हजार ८००

बालेनका सल्लाहकार भन्छन्- जनताको भरोसा नै हाम्रो पहिचान हो

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनताको

सिमकोट विमानस्थलमा चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला– हुम्लाको सिमकोटमा वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न

संविधान संशोधनका लागि लिखित सुझाव दिने जेन्जी घाइते र शहीद परिवारको प्रतिबद्धता

काठमाडौँ – संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित