सबै पर्व राष्ट्रिय पर्व : प्रदेश प्रमुख शर्मा « Khabarhub

सबै पर्व राष्ट्रिय पर्व : प्रदेश प्रमुख शर्मा


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति वा माघीपर्वका रूपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको बताएका छन् ।

माघे सङ्क्रान्तिका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले  नेपालमा मनाइने सबै पर्व राष्ट्रिय पर्व भएको उल्लेख गर्दै यस्ता पर्वले नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताएका छन् । 

‘भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा सबै समुदायले मनाउने चाडपर्वहरू राष्ट्रिय पर्व हुन्’, प्रमुखको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रा पर्वहरूले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सूत्रमा बाँध्ने काम गरेको छ ।’

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : ०६ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा