नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालन « Khabarhub

नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो ।दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो । कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ । 

कम्पनीका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालन गर्न लागिएको जानकारी दिए । उनका अनुसार आज दिउँसो १ बजे विशेष क्रुजिङको समय हुनेछ । तीन तलाको क्रुजसिपमा कुल एक सय ८० जना सवार गर्न सक्नेछन् । क्रुजसिपमा यात्रा गर्ने यात्रुहरूको १० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमा सवार हुनका लागि टिकट सात सय, ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लञ्च क्रुजिङ दुई हजार र डिनर क्रुजिङ दुई हजार पाँच सय ताेकिएको ढुङ्गेलले जानकारी दिए । 

भरतपुर महानगरपालिका वडा नम्बर १६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन छ । एक पटकमा यात्रुले करिब एक घण्टा नारायणी नदीमा क्रुजको मज्जा लिन पाउनेछन् । क्रुजसिपमा विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरू गर्न पाइने कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए ।  

क्रुजसिप निर्माणमा १५ करोड बढी खर्च भएको कँडेलले जानकारी दिए। उनका अनुसार क्रुज सञ्चालनका लागि ४० किलोमिटरसम्मको अनुमति लिइएको छ । रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने उनले जानकारी दिए। क्रुजसिपभित्र रेस्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ । 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ११ : २० बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्