तारकेश्वरमा ४४ करोडमा खानेपानी आयोजना सम्झौता | Khabarhub Khabarhub

तारकेश्वरमा ४४ करोडमा खानेपानी आयोजना सम्झौता


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले गरेको ‘एक घर, एक खानेपानी सहितको धारा’ निर्णयअनुसार चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजना सम्झौता गरिएको हो ।

चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म संघीय सरकार, तारकेश्वर नगरपालिका र गोलढुङ्गा वृहत खानेपानी उपभोक्ता समितिको साझेदारीमा रू ४४ करोडमा सम्झौता गरिएको तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए । इना फाउण्डेशन र नगरपालिकाको साझेदारीमा आयोजना कार्यान्वयनको चरणमा रहेको उनले बताए। 

काठमाडौँ महानगर र तारकेश्वर नगरपालिकाको सहलगानीमा निर्माण गरिने अधेरी खोला, अल्ले मुहान र भण्डारे मुहानबाट खानेपानी वितरणका लागि आवश्यक डिपिआर निर्माण कार्यान्वयनको क्रममा  छ । तारकेश्वर नगरपालिकाले साहसिक पर्यटन पूर्वाधार विकास गर्न तारकेश्वर नगरपालिका वडा नं ५ मा रहेको भ्यू टावरमा जीपलाइन सेवा, वडा नं ३ मा रहेको कोटडाँडा बञ्जी जम्प र शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको तारकेश्वर महादेव मन्दिरसम्म निजी सरकारी साझेदारीमा केबलकार निर्माण गर्न प्रक्रिया अगाडि बढाएको नगरप्रमुख महर्जनले जानकारी दिए।

नगरपालिकाले चालू आवमा शुद्ध खानेपानीसहितको एक घर, एक धारा, फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, पर्यटन प्रवर्द्धन, सडक बत्ती जडान, सिसि क्यामेरा जडानलाई प्राथमिकता दिएको छ । पूर्वाधार विकासअन्तर्गत  नगरपालिकाले चालू आवको पुस २० सम्म चार किलोमिटर सडक कालोपत्रे, एक किलोमिटर ४७४ मिटर सडक ढलान, दुई किलोमिटर ६१३ मिटर सडक स्तरोन्नति, ३३४ मिटर ढल व्यवस्थापन, दुई किलोमिटर २३२ मिटर  डिमार्केशन वाल निर्माण सम्पन्न गरिसकेको छ । 

यस्तै, नगर उज्यालो कार्यक्रमअन्तर्गत विभिन्न मुख्य सडक तथा भित्रि सडकमा तीन सय ४१ वटा सौर्य बत्ती जडान गरिएको नगरप्रमुख महर्जनको भनाइ छ । तारकेश्वरभित्रका सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा उपलब्ध गराउने नीतिअनुरूप नगरपालिकाको अनुदानमा निर्माण तथा संरचना सुधार अन्तर्गत फुटुङ मावि, मनमैजु मावि, कालिदेवी मावि, सरस्वती आधारभूत मावि, कालिकाशरण मावि, ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय कलेजको भौतिक संरचना सुधार अन्तिम चरणमा पुगेको सो नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ११ : ५४ बजे

जेन-जी आन्दोलनमा क्षतिग्रत सरकारी संरचनाको परिक्षण

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका

कर्णालीका ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार– कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी–  युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

काठमाडौं– समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन

तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र

काठमाडौं – अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी