शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित  | Khabarhub Khabarhub

शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित 


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा काठमाडौँका रामकृष्ण बराल र वरिष्ठ उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल निर्वाचित भएका छन् । 

शान्ति समाजको शनिबार नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न २५ औँ राष्ट्रिय परिषद् बैठकको निर्वाचनमा उपसभापतिमा चितवनका राजेन्द्र पौडेल र उपसभापति महिलातर्फ सुर्खेतका पुष्पा मल्ल निर्विरोध निर्वाचित भएका हुन् ।

महासचिवमा काठमाडौँका रेनुका पौडेल, कोषाध्यक्षमा काठमाडौँका किरण ढकाल, प्रदेश १ सचिवमा तेह्रथुमका लक्ष्मीनारायण मिश्र, मधेश प्रदेश सचिवमा पर्साका अमरबहादुर गौतम, वाग्मती प्रदेश सचिवमा ललितपुरका चन्द्रमणि बञ्जारा, गण्डकी प्रदेश सचिवमा गोरखाका सीताराम तिवारी, लुम्बिनी प्रदेश सचिवमा नवलपरासी पश्चिमका सन्तोष अधिकारी क्षेत्री, कर्णाली प्रदेश सचिवमा सुर्खेतका प्रकाश शाही, सुदूरपश्चिम प्रदेश सचिवमा कैलालीका भक्तबहादुर विश्वकर्मा, सचिव आदिवासी-जनजातितर्फ नुवाकोटका रामप्रसाद जोशी, सचिव मधेशीमा  सुनसरीका सन्तोषकुमार रौनियार, सचिव दलितमा दाङका निर्मल नेपाली र सचिव महिलातर्फ रूपन्देहीका मीना ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी चार जना महिला सदस्यमा नम्रता खरेल काठमाडौँ, फूलमाया सुनार रूपन्देही, जानुका अधिकारी नुवाकोट, मीरादेवी अधिकारी बारा र सदस्य खुलातर्फ छ पदमा धनपति खनाल (डिपी) रूपन्देही, ज्ञानेन्द्र निरौला झापा, तुलसीराम सुनार दाङ, विनोद अधिकारी चितवन, दिल्लीप्रसाद जैसी सल्यान र देवराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सबै पदाधिकारी-सदस्यलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : १४ बजे

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र