शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित  « Khabarhub

शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित 


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा काठमाडौँका रामकृष्ण बराल र वरिष्ठ उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल निर्वाचित भएका छन् । 

शान्ति समाजको शनिबार नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न २५ औँ राष्ट्रिय परिषद् बैठकको निर्वाचनमा उपसभापतिमा चितवनका राजेन्द्र पौडेल र उपसभापति महिलातर्फ सुर्खेतका पुष्पा मल्ल निर्विरोध निर्वाचित भएका हुन् ।

महासचिवमा काठमाडौँका रेनुका पौडेल, कोषाध्यक्षमा काठमाडौँका किरण ढकाल, प्रदेश १ सचिवमा तेह्रथुमका लक्ष्मीनारायण मिश्र, मधेश प्रदेश सचिवमा पर्साका अमरबहादुर गौतम, वाग्मती प्रदेश सचिवमा ललितपुरका चन्द्रमणि बञ्जारा, गण्डकी प्रदेश सचिवमा गोरखाका सीताराम तिवारी, लुम्बिनी प्रदेश सचिवमा नवलपरासी पश्चिमका सन्तोष अधिकारी क्षेत्री, कर्णाली प्रदेश सचिवमा सुर्खेतका प्रकाश शाही, सुदूरपश्चिम प्रदेश सचिवमा कैलालीका भक्तबहादुर विश्वकर्मा, सचिव आदिवासी-जनजातितर्फ नुवाकोटका रामप्रसाद जोशी, सचिव मधेशीमा  सुनसरीका सन्तोषकुमार रौनियार, सचिव दलितमा दाङका निर्मल नेपाली र सचिव महिलातर्फ रूपन्देहीका मीना ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी चार जना महिला सदस्यमा नम्रता खरेल काठमाडौँ, फूलमाया सुनार रूपन्देही, जानुका अधिकारी नुवाकोट, मीरादेवी अधिकारी बारा र सदस्य खुलातर्फ छ पदमा धनपति खनाल (डिपी) रूपन्देही, ज्ञानेन्द्र निरौला झापा, तुलसीराम सुनार दाङ, विनोद अधिकारी चितवन, दिल्लीप्रसाद जैसी सल्यान र देवराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सबै पदाधिकारी-सदस्यलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : १४ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड