पोखरा विमान दुर्घटनामा पर्‍यो बच्चासहित डाक्टर दम्पति « Khabarhub

पोखरा विमान दुर्घटनामा पर्‍यो बच्चासहित डाक्टर दम्पति


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


37.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा एक डाक्टर दम्पत्ति पनि सवार रहेको खुलेको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एन एनएनसी एटीआर विमान आइतबार बिहान १० बजेर ५१ मिनेट जाँदा पोखराको सेती खोचमा दुर्घटना परेको हो ।

विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर पनि सवार रहेको पुष्टि भएको हो ।

उनीहरु आफ्नो सन्तानसमेत लिएर पोखरा बिदा मनाउन पुगेका थिए । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डा. श्रेष्ठले शनिबार र अस्ति ओटी गरेर दुई दिन बिदा बस्न चाहेको जानकारी आफुलाई दिएको बताए ।

‘शनिबार किष्ट मेडिकल कलेजमा भएको स्पाइनल सोसाइटीको बैठकमा पनि श्रेष्ठसँगै हामी थियौँ । तर अहिले घरपरिवारमा सबै आत्तिएको अवस्था छ’ उनले भने । तर उनीहरुको अवस्थाका बारेमा अहिलेसम्म खुलेको छैन ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए ।

पोखरा स्थायी घर भएका डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : १२ बजे

पर्यटकको रोजाइमा सुनसरीको रास ताल

सुनसरी– सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर

छोटकरीमा बुझ्नुहोस् बालेन सरकारका सय प्राथमिकताको सूची

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का