देश/प्रदेश

पोखरामा विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

By खबरहब

January 15, 2023

काठमाडौँ- पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।

आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए ।