पोखरा विमान दुर्घटना : ६८ जनाको शव भेटियो, चार जनाको अवस्था अज्ञात « Khabarhub

पोखरा विमान दुर्घटना : ६८ जनाको शव भेटियो, चार जनाको अवस्था अज्ञात


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए । उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी अस्पताल पठाइसकिएको छ ।

उनले भेटिएकामध्ये पोखरा र आसपासका व्यक्तिको शव उतै आफन्तलाई जिम्मा लगाइने जानकारी दिए । काठमाडौँका व्यक्तिको शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाएको उनको भनाइ थियो । अप्ठेरो खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै