भक्तपुरमा सडक दुर्घटना हुँदा तीन जना घाइते « Khabarhub

भक्तपुरमा सडक दुर्घटना हुँदा तीन जना घाइते


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको देकोचास्थित ख्वप कलेज नजिक आइतबार साँंझ भएको सडक दुर्घटनामा परी तीनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बाँके राप्ती सोनाली गाउपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने बर्ष २४ को नरेश बाठा, रोल्पा रुम्तीगढी गा।पा ८ घर भइ हाल जिल्ला काभ्रे बासडोल बस्ने बर्ष २३ को कमल रोका मगर र रोल्पा लुङ्ग्री गाउँपालिका ७ घर भई हाल कमलबिनायक बस्ने बर्ष २० को प्रदिप कुमार खाती रहेको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये नरेको नजिकैको डा।ईवामुरा अस्पतालमा उपचार भइ भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटार रिफर गरिएको जनाइएको छ । साथै कमलको भक्तपुर अस्पतालमा उपचार भइरहको भक्तपुर प्रहरी परिसरले जनाएको छ । प्रदीप भने उपचारपछि डिस्चार्ज भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

पकुनेपाटीबाट देकोचा तर्फ आँउदै गरेको बा ५ ख २१९३ नं को निसान ट्रक सोही स्थानमा बाटोको साईडमा रोकी राखेको बा ३ ख २४४४ नं को भाडाको बसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनाका घाइते तीनै जना निशान ट्रकका रहेको जनाइएको छ । निसान ट्रक चालकसहित तीन नै जनाले मापसे गरेको जनाइएको छ ।

दुबै सवारी साधन घटनास्थलबाट निकाली ग्यारेज लगिएको छ । बस चालक जिल्ला भक्तपुर भक्तपुर६ देकोचा बस्ने बर्ष ३७ को दिनेश बारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै