‘विमान दुर्घटनाले दुःखी बनाएको छ, अब हवाई सुरक्षाबारे सोच्नैपर्छ’ | Khabarhub Khabarhub

सांसद राणा भन्छन्ः

‘विमान दुर्घटनाले दुःखी बनाएको छ, अब हवाई सुरक्षाबारे सोच्नैपर्छ’


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रतिनिधिसभा सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणाले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । मानवीय वा प्राविधिक कारण जेसूकै भएपनि चालकदलसहित ७२ जनाको मृत्यु हुने गरि भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति राणाले दुःख व्यक्त गरेका हुन् ।

साथै उनले नेपालको हवाई सुरक्षाका विषयमा अब गम्भीर भएर सोच्ने बेला आएको पनि टिप्पणी गरेका छन् । नेपाली आकाश युरोपेली युनियन अथवा इयुको कालोसूचिमा रहेका बेला विमान दुर्घटना भइरहनुले गम्भीर अवस्था निम्त्याएको पनि उनले बताए ।

सरकारले छानबिन आयोग गठन गरेका कारण दुर्घटनाको वास्तविकता पत्ता लाग्ने भएपनि दुर्घटना रोक्नका लागि केही कडा कदम चाल्नुपर्ने उनको भनाई छ ।

‘पोखरामा भएको विमान दुर्घटनाले दुःखी बनाएको छ । मृत्तकप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना’ उनले खबरहबसँग भने, ‘तर यति भनेर मात्रै पुग्दैन । अब नेपालको हवाई सुरक्षाबारे गम्भीर रुपमा सोच्नैपर्छ । यसका लागि सरकारले कडा कदम चाल्नुपर्छ । अब ढिला गर्नु हुँदैन ।’

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : २६ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’