पोखरा विमान दुर्घटना : प्रभावित परिवारलाई सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

पोखरा विमान दुर्घटना : प्रभावित परिवारलाई सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कास्कीको पोखरामा भएको विमान दुर्घटनापश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा तथा पीडित परिवारलाई गर्नुपर्ने सहजीकरणलगायतका सम्बन्धमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक सम्पन्न भएको छ ।

गृहमन्त्रालयमा आज साँझ भएको उक्त बैठकमा गृह मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी तथा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा गृहमन्त्री लामिछानेले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै शवपरीक्षण, बीमाका प्रावधान आदिमा सहजीकरण गर्ने, दुर्घटनामा मृतकका पीडित परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापनलगायतका काममा आवश्यक परामर्शलगायतका सहजीकरण गर्न सरोकारवाला सबैलाई निर्देशन दिएका छन् ।

सबै सरोकारवालाहरुले पीडित परिवार तथा मिडियामा सूचना तथा जानकारी सहज रूपमा दिन तीन किसिमले सूचना तथा जानकारी प्रवाह गर्नुपर्ने विषयमा समेत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । पहिले मृतकका परिवारलाई, दोस्रो विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन÷दूतावासलाई र तेस्रो सञ्चारकर्मीलाई सूचना प्रवाहमा सहजीकरण गर्न भनिएको छ । गृहमन्त्री लामिछानेले पीडित परिवारलाई आवश्यक सहजीकरणका लागि विमानस्थल क्षेत्रमा र शवपरीक्षण हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : २२ बजे

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति