विमान दुर्घटनाः महेन्द्रनगरका आमा–छोराको निधन « Khabarhub

विमान दुर्घटनाः महेन्द्रनगरका आमा–छोराको निधन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन भएको छ । विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टका धर्मपत्नी सुष्मा पाण्डेय भट्ट र १५ वर्षीय छोरा स्लक भट्टको निधन भएको हो ।

माघी मनाउन आमाछोरा काठमाडौँबाट पोखरा उडेका थिए भने व्यापारी भट्ट पोखरामै थिए । उनका आफन्तजन पनि जागिरको सिलसिलामा पोखरामा रहेको र सँगै माघी मनाउने योजनाअनरुप पोखरामा पारिवारिक जमघटको तयारी थियो ।

१५ वर्षीय स्लक काठमाडौँमा एक क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको पहिलो वर्षमा अध्ययनरत थिए। उनको निधनले महेन्द्रनगरवासी शोकमा डुबेका छन् । यहाँका व्यापारी÷व्यवसायीले महेन्द्रनगरस्थित मदन चोकमा शोकसभासमेत आयोजना गरेका थिए । सोमबार १२ बजे सम्म कञ्चनपुर जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न आग्रह गरिएको कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वरप्रसाद बोहराले बताए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : १० बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ