विमान दुर्घटनाः महेन्द्रनगरका आमा–छोराको निधन | Khabarhub Khabarhub

विमान दुर्घटनाः महेन्द्रनगरका आमा–छोराको निधन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन भएको छ । विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टका धर्मपत्नी सुष्मा पाण्डेय भट्ट र १५ वर्षीय छोरा स्लक भट्टको निधन भएको हो ।

माघी मनाउन आमाछोरा काठमाडौँबाट पोखरा उडेका थिए भने व्यापारी भट्ट पोखरामै थिए । उनका आफन्तजन पनि जागिरको सिलसिलामा पोखरामा रहेको र सँगै माघी मनाउने योजनाअनरुप पोखरामा पारिवारिक जमघटको तयारी थियो ।

१५ वर्षीय स्लक काठमाडौँमा एक क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको पहिलो वर्षमा अध्ययनरत थिए। उनको निधनले महेन्द्रनगरवासी शोकमा डुबेका छन् । यहाँका व्यापारी÷व्यवसायीले महेन्द्रनगरस्थित मदन चोकमा शोकसभासमेत आयोजना गरेका थिए । सोमबार १२ बजे सम्म कञ्चनपुर जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न आग्रह गरिएको कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वरप्रसाद बोहराले बताए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : १० बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका