तालिबानले विदेशबाट सञ्चालित अफगान सञ्चार माध्यममाथि कडाई गर्ने « Khabarhub

तालिबानले विदेशबाट सञ्चालित अफगान सञ्चार माध्यममाथि कडाई गर्ने


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नो समूहबारे दुष्प्रचार गरेको भन्दै अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले विदेशबाट सञ्चालित अफगान सञ्चार माध्यममाथि कडाई गर्ने भएको छ । तालिबानको सूचना तथा संस्कृति मन्त्रालयका निर्देशक अब्दुल हक हेमादले विदेशमा रही आफ्नो समूहविरुद्ध दुष्प्रचार गर्ने मिडियामाथि कारवाही गरिने जनाएका हुन् ।

‘यस्ता मिडियालाई के गर्ने भन्ने निर्णय गरिएको छ । यो विषय अदालतमा विचाराधीन रहेकाले छोटो समयमा नै यसबारे घोषणा हुनेछ ।’ हेमादलाई उद्धृत गर्दै अफगानिस्तान इन्टरनेशनल अनलाइनले उल्लेख गरेको छ ।

उनले अफगानिस्तानको कानूनअनुसार मुलुकको मिडियामा काम गर्ने व्यक्ति मुलुकभित्रै रहनुपर्ने व्यवस्था रहेकोमा समेत जोड दिए । ‘विदेशबाट मिडिया सञ्चालन गर्न र दुष्प्रचारलाई बढावा दिन कुनै कानूनले पनि दिँदैन ।’ उनले भने ।

उनका अनुसार अफगानिस्तानमा १६५ वटा रेडियो र ५५ वटा टेलिभिजन स्टेशन रहेका छन् । सन् २०२१ को अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयतामात्रै अफगानिस्तानमा २४ वटा नयाँ मिडिया स्थापना भएको समेत उनको दाबी छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ५२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले