प्रधानमन्त्री प्रचण्डसँग भारतीय सचिवको दोस्रो भेट गोप्य  « Khabarhub

प्रधानमन्त्री प्रचण्डसँग भारतीय सचिवको दोस्रो भेट गोप्य 


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई-दुई पटक भेट गरी भारतीय विदेश सचिव विनय मोहन क्वात्रा स्वदेश फर्केका छन्।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई  पटक भेट गरेका हुन्। पहिलो पटक १ फागुनमा औपचारिक भेट गरेका क्वात्राले भोलिपल्ट साँझ बालुवाटारमा अनौपचारिक भेट गरेका थिए। मंगलबार साँझको भेटमा के छलफल भयो भन्ने खुल्न सकेको छैन । सो भेटलाई बालुवाटारले गोप्य राखेको छ।

नेपाल भारत सचिव स्तरीय वार्ताका लागि आएका भनिए पनि विदेश सचिव क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरेका छन्।

राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र प्रतिपक्ष दलबीच सहमति हुन नसकिरहेको बेला विदेश सचिव क्वात्राले संघीय संसदका ठुलादेखि साना दलसम्मका नेताहरूसँग गरेको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारुढ गठबन्धनका भविष्यका बारेमा उनले चासो व्यक्त गरेका थिए।

सबैजसो राजनीतिक दलका नेतासँग सो बारेमा चासो व्यक्त गरेका विदेश सचिव क्वात्राले अन्तिममा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसिअल’ भेट गर्नु रहस्य बनेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : १३ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र