पशुपतिनाथ मन्दिरमा शङ्कराचार्यको विशेष कार्यक्रम « Khabarhub

पशुपतिनाथ मन्दिरमा शङ्कराचार्यको विशेष कार्यक्रम


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवर्द्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्कराचार्यको  बिहीबार आगमन हुने भएको छ। उनको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनः निर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए। दैनिक सत्सङ्ग, प्रश्नोत्तरी कार्यक्रम तथा उनीबाट आशीर्वचन हुनेछ।  गरेको विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।

कोषका निमित्त प्रमुख रेवतीरमण अधिकारीअनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तका लागि हङ्समण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिनेछ। यस वर्ष पशुपतिनाथको १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने कोषको अनुमान छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ४६ बजे

लगातार दुई बलमा लुम्बिनीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

बालुवाटारको सर्वपक्षीय बैठकमा को को सहभागी छन् ?

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले डाकेको राजनीतिक दल, निर्वाचन आयोग र

जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास

कर्णाली– कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको