निलम्बित सांसद चौधरीले आज अदालतमा बयान दिने « Khabarhub

निलम्बित सांसद चौधरीले आज अदालतमा बयान दिने


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कैलाली – निलम्बित सांसद अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ।

१९ माघमा बाँकेबाट पक्राउ परेका निलम्बित प्रतिनिधिसभा सदस्य चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो।

सोही बन्दी प्रत्यक्षीकरण रिटमा २९ गते देश बहादुर सार्कीको इजलासले चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने बताइएको छ।

२०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। फरार चौधरी सांसद भइसके पछि प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १० : ०६ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र