एसियन हाइड्रोको आईपीओ भर्ने दिन आज आज अन्तिम   « Khabarhub

एसियन हाइड्रोको आईपीओ भर्ने दिन आज आज अन्तिम  


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कार्यालय समयभित्र आज लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणका लागि  ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ माघ २७ गतेदेखि बिक्री खुला गरेको हो।

सर्वसाधारणका लागि यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात् ८ लाख ४० हजार कित्ता सेयर छुट्टाएको थियो ।

सोमध्ये, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ८४ हजार कित्ता सेयर र ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरूलाई छुटाइएको छ । बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुटाइएको छ।

उक्त आईपीओमा मागभन्दा २१.०५७ गुणा बढी आवेदन परेको छ । फागुन २ गतेसम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन परिसकेको सीडीएसले जनाएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस कम्पनीमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ रेटिङ एजेन्सी केयर नेपालले प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा जोखिम रहेको संकेत गर्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १२ : ३१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा