‘फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ’  « Khabarhub

‘फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ’ 


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरूले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् । 

नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै महरले फौजदारी अभियोगमा अदालतले पूर्पक्षका लागि थुनामा पठाएका कर्मचारी निलम्बन हुने तर सांसदले आफ्नो पद जोगाउन निलम्बन हुन नपर्नेगरी नियमावली बनाउने प्रक्रिया अगाडी बढाउनुलाई संसदीय व्यवस्था र कानुनी राज्यको खिल्ली उडाउने काम भएको बताए ।

‘माननीय सांसदहरूले कानुन सबैका लागि बराबर हो भन्ने आभास दिलाउनु पर्छ’ नेता महर भन्छन्, लोकतान्त्रिक व्यवस्थामा कानुनी राजको महत्त्वपूर्ण अर्थ रहन्छ । जनता र सांसद जसलाई पनि कानुनले बराबर ठान्ने उनको भनाइ छ। आज दुई खाले व्यवहार गर्न खोजिँदै गरिएको उनको धारणा छ। 

एक अर्को प्रशंगमा बोल्दै नेता महरले नेकपा एमालेका जिम्मेवार नेताहरूको नेतृत्वमा लोकतान्त्रिक पद्धतिको धज्जी उठाउनेगरी पूर्वराजाको संरक्षकत्वमा प्रतिगमनकारी अभियानको थालनी भएको टिप्पणी गरेका छन्।

वर्तमान संविधान र परिवर्तन विरोधीहरू संसद्, सरकार र सडकबाट जुर्मुराउन थालेका र यसको जवाफ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने र लोकतन्त्रका खिलाफमा हुने जुनसुकै गतिविधि पनि कांग्रेसलाई सह्य नहुने महरको भनाई थियो ।v

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ३ : ४७ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि