‍टर्कीका राष्ट्रपतिद्वारा भूकम्पपछि सहयोग गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त « Khabarhub

‍टर्कीका राष्ट्रपतिद्वारा भूकम्पपछि सहयोग गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीका राष्ट्रपति रेसेप तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलब्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेका छन् ।

संयुक्त अरब इमिरेट्स यूएईले मङ्गलबार आयोजना गरेको शासन प्रणालीसम्बन्धी विश्व सम्मेलनलाई अप्रत्यक्ष माध्यमबाट सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले कठिन परिस्थितिमा विश्व समुदायले प्रकट गरेको ऐक्यबद्धता, उपलव्ध गराएको सहयोग र प्रदर्शन गरेको मित्रतालाई आफ्नो देशले कहिल्यै नभुल्ने बताए ।

विश्वका एक सय राष्ट्रबाट आफूलाई ऐक्यबद्धताका सन्देश प्राप्त भएका जानकारी दिँदै उनले दुई करोड टर्कीका नागरिक भूकम्पबाट प्रभावित भएका बताए । भूकम्पबाट एक करोड ३५ लाख जनसङ्ख्या भएका देशका १० प्रान्तमा सर्वाधिक क्षति भएको बताउँदै उनले राहत सामग्री सङ्कलनमा अहोरात्र खटेका मित्र राष्ट्र र तिनका नागरिकप्रति आभार व्यक्त गरे ।

टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही घण्टापछि गएका उति नै शक्तिशाली अर्को परकम्पमा परी टर्की र सिरियामा ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुबै देशमा हजारौँ घरबार विहीन भएका छन् ।

वैज्ञानिकहरूका अनुसार उक्त भूकम्पबाट पाँच सय वटा आणविक बमले निष्काशन गर्ने ऊर्जा जत्तिकै ऊर्जा निष्कासन भएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : २२ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र