पाकिस्तानमा कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते « Khabarhub

पाकिस्तानमा कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । खानी दुर्घटनामा अरु चार जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना भएको हो ।

कोहाट जिल्लाको डेरा आदम खेल क्षेत्रको कोइला खानीमा विष्फोट हुँदा चार जना खानी मजदुर फसेका थिए । उनीहरूलाई घाइते अवस्थामा उद्धार गरिएको प्रान्तीय उद्धार सेवाले जनाएको छ ।

उद्धारका क्रममा एक जना उद्धारकर्मी पनि घाइते भएका छन् । विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : ४५ बजे

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष