आहारको अभावमा बस्ती पस्छन् गैँडा « Khabarhub

आहारको अभावमा बस्ती पस्छन् गैँडा


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– नवलपरासीमा तस्करले गैँडा मारेपछि गरिएको अध्ययनमा एकै रातमा एक सय नौवटा गैँडा बस्ती पसेको पाइएको छ । नवलपरासीमा मात्रै ६१ ठाउँबाट ती गैँडा निकुञ्जबाट बाहिरिएका हुन् । साँझको समयमा गाउँ पस्ने र झिसमिसेमा वन पस्ने गरेको अध्ययनले देखाएको छ ।

चितवनका विभिन्न नाकाबाट गैँडा दैनिक साँझमा बस्ती पस्ने गर्दछन् । राप्ती, नारायणी नदी छेउबाट र माडीका वन क्षेत्रबाट दैनिक गैँडा बस्ती पस्ने गरेका छन् । यकिन तथ्यांक नभए पनि ठूलो सङ्ख्यामा गैँडा बस्ती पस्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए। उनका अनुसार निकुञ्जको कसराबाट पश्चिमी क्षेत्रमा धेरै गैँडा बस्ती पस्ने गरेको  गुनासो आउने गरेको छ ।

निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता मरेका १२ गैँडामध्ये ११ ओटा कसरा पश्चिममा रहेका आचार्यले जानकारी दिए । घाँसेमैदान कम र गैँडाको सङ्ख्या धेरै हुँदा आहारको खोजीमा गैँडा बस्ती पस्ने गरेको उनको भनाइ थियो । गत माघमा करेन्ट लागेर नवलपरासीको सेरीमा दुई वटा गैँडा मरेपछि निकुञ्जले गैँडाकोटदेखि बगुवानसम्म अध्ययन गरेको थियो ।

“तटबन्धन गर्दै गएपछि नदी साँघुरो बनेको तथा निकुञ्ज र आसपासका वन क्षेत्रमा घाँस कम भएसँगै गैँडा राति गाउँ पस्न थालेका छन्”, उनले भने। बस्ती नजिकका खेतबारीमा आलु, मकै, जौ, घाँस, नेपियर घाँस, मुसुरो, गहुँजस्ता बाली गैँडाले मन पराउने भएकाले पनि गैँडा बस्ती पस्ने गरेका आचार्यले बताए।

निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै सोही अनुपातमा घाँसेमैदान व्यवस्थापन हुन सकेको छैन । पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैँडा छन् । तीमध्ये धेरै कसरा पश्चिम क्षेत्रमा छन् । आचार्य त्यहाँका गैँडा निकुञ्जकै पूर्वी वा अन्य संरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने बताउँछन्। यससँगै घाँसेमैदान र पानीका स्रोत व्यवस्थापनमा बढी जोड दिनुपर्ने उनको भनाइ छ ।

नियमित गैँडा बस्ती पसेर बाली खाने गरेपछि उनीहरुको संरक्षणप्रतिको चासो बढी भएकाले तस्कर सक्रिय हुन नसकेको आचार्यले बताए। उनले भने, ‘स्थानीयको सहयोगका कारण गैँडा संरक्षण सम्भव भएको हो ।’ यद्यपि गैँडा बाहिर आउनबाट रोक्न आवश्यक रणनीति बनाउनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : ५५ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन