गण्डकी प्रदेशसभा : प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित « Khabarhub

गण्डकी प्रदेशसभा : प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकले केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले विधेयकलाई पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

त्यसअघि विधेयकमाथिको दफावार छलफलमा सदस्य भीमबहादुर कार्की, अशोककुमार श्रेष्ठ, सुशीला सिंखडा,  विन्दु अधिकारी पहाडी र जीतबहादुर शेरचनले भाग लिएका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले ऐनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेकाले विधेयक ल्याइएको बताउँदै प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढिने बताए ।

यसअघिका प्रदेशसभाका बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले गण्डकी प्रदेशमा शुद्ध खानेपानीको पहुँच घरघरमा पुग्ने गरी काम भइरहेको बताए । प्रदेशभित्रका नदी कटानको समस्या समाधान गर्न लागि मन्त्रालयको ध्यानाकर्षण भएको उहाँले उल्लेख गरे।

आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले प्रदेश सरकारको पुँजीगत खर्च सुधारोन्मुख रहेको बताए । विकासका काममा एकमतका साथ अघि बढ्ने उनको भनाइ छ । सभाको अर्को बैठक फागुन ८ गते दिनको २ बजे बस्नेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : ३२ बजे

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष